नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्थाको संयुक्त मर्जर समितिको मिति २०८० जेठ ११ गते बसेको १४८ औँ बैठकले गरेको निर्णय अनुसार शेयर आदान प्रदान अनुपात १:०.७३ कायम भएको हो ।
नेपाल राष्ट्र बैङ्कले जारी गरेको बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी विनियमावली २०७३ को विनियम ८ बमोजिम तयार गरी सिफारिस गरेको दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनका आधारमा शेयर आदान प्रदान अनुपात १:०.७३ अर्थात् नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १ कित्ता शेयर बराबर समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको ०.७३ कित्ता शेयर कायम हुने गरी कम्पनीको संयुक्त मर्जर समितिको बैठकले निर्णय गरेको जानकारी नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले दिएको छ ।
नेशनल माइक्राेफाइनान्स लघुवित्त र समीट लघुवित्तको स्वाप रेसियो १:०.७३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%
