ग्लोबल आइएमई बैङ्क र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घबिच महासङ्घका सदस्यहरूलाई आवश्यक राजदूतावास इजाजतको लागि जारी गर्नुपर्ने बैङ्क जमानत पत्र लिने/नवीकरण गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बिहीबार बैङ्कको कर्पोरेट कार्यालयमा उक्त सम्झौता कार्यान्वयन गर्नका निमित्त एक समझदारी पत्रमा बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष मनोज कुमार दासले हस्ताक्षर गर्नुभयो ।
उक्त सम्झौता अनुरूप नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घअन्तर्गतका सङ्घका सदस्यहरूले नेपाल आयल निगमबाट आवश्यक इजाजत लिई भारतबाट पेट्रोलियम पदार्थको ढुवानी गर्ने कार्यको लागि अनिवार्य पर्फमेन्स बोन्डको लागि नेपालस्थित भारतीय राजदूतावासको नाममा जारी गर्नुपर्ने बैङ्क जमानत पत्र लिने/नवीकरण प्रयोजनका लागि बैङ्कको जुनसुकै शाखाबाट सहुलियतपूर्ण ढङ्गले पर्फमेन्स बैङ्क जमानत सुविधा प्राप्त गर्न सक्नेछन् ।

ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरूमा पहिलो बैङ्कले ३६५ शाखा कार्यालय, ३६७ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६३ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
त्यसै गरी बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटेन्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।