गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ६७.८३ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को चौथौँ त्रैमास सम्ममा लघुवित्तले २ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को चौथौँ त्रैमास सम्ममा लघुवित्तले ७० लाख २८ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
१५ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको गणपति लघुवित्तले २ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले १ अर्ब ६२ करोड रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ३ करोड ५९ लाख रुपैयाँ र सञ्चित मुनाफा ८३ लाख ७९ हजार रुपैयाँ रहेको छ ।
गणपति लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १४.७० प्रतिशतले घटेर ११ करोड ५१ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको वितरण योग्य मुनाफा ८३ लाख ७९ हजार रुपैयाँ रहेको छ। आ.व. २०७९/८० को चौथौँ त्रैमास सम्ममा गणपति लघुवित्तले आफ्ना शेयरधनीहरूलाई ५.५२ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको देखिन्छ।
सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ४.५२ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ २४ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ६९६ को आधारमा मूल्य आम्दानी अनुपात १०२.२० गुणा रहेको छ ।
गणपति लघुवित्तको नाफामा गिरावट, अन्य सूचक कस्ता ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
