पछिल्लो समयमा विभिन्न किसिमका विद्युतीय भुक्तानी सम्बन्धी सेवाहरूको विस्तारमा आक्रामक रहेको प्रभु बैङ्क लि. भिजा ईन्टरनेशनल द्वारा आयोजित भिजा लिडरसिप कनक्लेभ नेपाल २०२४ Excellence in Consumer Debit Card Business र Excellence in Product Innovation गरी दुई विधामा सम्मानित भएको छ । भिजा एफिलिएट सदस्यता श्रेणीको रूपमा भिजा नेटवर्कमा भिजा उपभोक्ता डेबिट कार्ड को व्यवसायमा उत्कृष्टता बापत पहिलो अवार्ड प्राप्त भएको हो भने दोस्रो अवार्ड एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन पूर्ण नविनतम् सुविधा सहितको प्रभु भिसा बिजनेस डेबिट कार्डको पहिलो व्यावसायिक सेवा बिस्तार सँग सम्बन्धित छ ।
प्रभु बैङ्क लि. ले सञ्चालनमा ल्याएको प्रभु भिजा बिजनेस डेबिट कार्ड सेवा अन्तर्राष्ट्रिय रूपमै एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो जहाँ व्यावसायिक कारोबारको भुक्तानी सरल र सुरक्षित तरीकाले विद्युतीय भुक्तानीको माध्यम बाट गरिन्छ । प्रभु भिजा बिजनेस डेबिट कार्ड प्रभु बैङ्कमा चल्ती (Current) खाता खोली कारोबार गर्ने/गरिरहेका खाता धनी (Corporate Personals) हरूलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले प्रभु भिजा बिजनेस डेबिट कार्ड सेवाको थालनी गरिएको हो । भिजा बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ । कर्पोरेट र व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, स्कुल तथा कलेज र विश्वविद्यालयहरू, होटेल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्दछन् जसले आफ्ना व्यापारीहरू, विक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवा प्रदायक आदिलाई नियमित रूपमा साना र ठुला भुक्तानीहरू गर्दछन् ।
प्रभु बैङ्कद्वारा सञ्चालित भिजा बिजनेस डेबिट कार्डको मद्दतले व्यावसायिक कारोबारको भुक्तानीमा सहजता भई व्यवसाय प्रवर्द्धनमा थप सहजता तथा पारदर्शिता समेत कायम रहने विश्वास बैङ्कले लिएको जनाएको छ ।
प्रभु बैङ्क भिजा ईन्टरनेशनल द्वारा आयोजित भिजा लिडरसिप कनक्लेभ नेपाल २०२४ अन्तर्गत दुई विधामा सम्मानित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
