नागरिक लगानी काेषले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८० साल वैशाख २९ गते अपराह्न ३:१५ बजे बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको मुनाफाबाट हाल कायम शेयरधनीहरूलाई २६.३१५८ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको मुनाफाबाट २५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र १.३१५८ प्रतिशतले हुन आउने रकम बराबरको नगद (कर प्रयाेजनार्थ समेत) लाभांश आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल सरकार, अर्थात् मन्त्रालयबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने नागरिक लगानी काेषले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा नागरिक लगानी काेषले कुल मुनाफा मध्यबाट ३० प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र १.५७८९ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरूलाई वितरण गरेको थियो ।
नागरिक लगानी कोषको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
