धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७ दशमलव ७२ अंकले घटेर १९२१ दशमलव ९९ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ७० अंकले घटेर ३७७ दशमलव ९० को विन्दुमा पुगेको छ ।
आज कूल २२३ कम्पनीहरूका २८ लाख ३९ हजार ३७३ कित्ता शेयर रु १ अर्ब २ करोड २२ लाख ९३ हजार ५५२ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्य उत्पादन उपसमूह ४० दशमलव ५७ अङ्कले र ट्रेडिङ उपसमूह ५ दशमलव २७ अङ्कले बढेकाे छ । यता, बैंकिङ उपसमूह ६ दशमलव ८३ अङ्कले घट्दा विकास बैंक उपसमूह शुन्य दशमलव २२ अङ्कले, वित्त उपसमूह १.४६ अङ्कले, होटल तथा पर्यटन उपसमूह ४.४३ अङ्कले, जलविद्युत उपसमूह १०.५० अङ्कले, लगानी उपसमूह शुन्य दशमलव ३३ अङ्कले, जीवन बीमा उपसमूह २४.०२ अङ्कले, लघुवित्त उपसमूह १७.६० अङ्कले, सामूहिक लगानी कोष शुन्य दशमलव ०४ अङ्कले, निर्जीवन बीमा २४.२२ अङ्कले र अन्य उपसमूह ११.२४ अङ्कले घटेका छन् ।
धितोपत्र बजारमा ७.७२ अङ्कको गिरावट, नेप्से १९२१.९९ को विन्दुमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
