साताको पाँचौँ कारोबार दिन नेप्से परिसूचक २९ दशमलव ७१ अङ्कले घटेर २१२६ दशमलव ४८ को विन्दुमा कायम भएको छ। आज कूल २७१ कम्पनीहरूका ६२ लाख ७१ हजार ७७७ कित्ता शेयर रु. २ अर्ब ४२ करोड ५७ लाख ८० हजार ५६४ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. १० करोड ५७ लाख ५९ हजार ९६६ बराबरको शेयर कारोबार भयो । त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको रु. ८ करोड ३६ लाख ६० हजार ५७३ बराबरको शेयर कारोबार भएको छ।
यता, प्रोग्रेशिभ फाइनान्स लिमिटेडको रु. ६ करोड ८० लाख ७७ हजार ००५ कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको रु. ६ करोड ११ लाख ७१ हजार ०४२ र एभरेष्ट बैङ्क लिमिटेडको रु. ६ करोड ०३ लाख ८० हजार ६१६ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
