साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १३ दशमलव ६८ अङ्कले बढेर १८९२ दशमलव ०० को विन्दुमा कायम भएको छ ।
आज जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा ३.२५ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । कुमारी ईक्वीटी फण्डका शेयरधनीहरुले २.५१ प्रतिशत, एनआईसी एशिया सेलेक्ट फण्ड ३० का शेयरधनीहरुले २.३० प्रतिशत, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले २.२७ प्रतिशत र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले २.१८ प्रतिशतका दरले कमाएका छन् ।
यता, सन्राइज ब्लुचिप फण्डका लगानीकर्ताहरूले ९.१२ प्रतिशतले गुमाउँदा तारागाउँ रिजेन्सी होटल लिमिटेड ७.११ प्रतिशत, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड ५.४३ प्रतिशत, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड ५.१३ प्रतिशत र सिटिजन्स म्युचुअल फण्ड-१ ३.९० प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
