साताको पहिलो कारोबार दिन धितोपत्र बजारमा ३०.०२ अङ्कको गिरावट


धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३० दशमलव ०२ अङ्कले घटेर २५६६ दशमलव ०९ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ५ दशमलव ९० अङ्कले घटेर ४४५ दशमलव ६२ को विन्दुमा पुगेको छ ।

आज कूल ३२३ कम्पनीहरूका १ कराेड ६ लाख १९ हजार १८० कित्ता शेयर रु. ४ अर्ब ९० करोड ७६ लाख २४ हजार ३२८ मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू ओरालाे लागेका छन् ।

बैङ्किङ उपसमूह १७ दशमलव ७२ अङ्कले घट्दा विकास बैङ्क उपसमूह ९८ दशमलव ६१ अङ्कले, वित्त उपसमूह ६९ दशमलव ४९ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ४३.३८ अङ्कले, जलविद्युत उपसमूह ३९.४० अङ्कले, लगानी उपसमूह १.६३ अङ्कले, जीवन बिमा उपसमूह १७४.९५ अङ्कले, उत्पादन उपसमूह ६२.१२ अङ्कले, लघुवित्त उपसमूह ६२.८६ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव २१ अङ्कले, निर्जीवन बिमा १४४.६८ अङ्कले, अन्य उपसमूह ३.०३ अङ्कले र ट्रेडिङ उपसमूह २१.९५ अङ्कले घटेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x