सरकारद्वारा १० अर्ब बराबरको ट्रेजरी बिल नवीकरण

सरकारले आन्तरिक ऋण व्यवस्थापन अन्तर्गत १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आइतबार सूचना जारी गर्दै नवीकरणका लागि बैङ्क तथा वित्तीय संस्थाहरूलाई आवेदन दिन आह्वान गरेको हो।

मङ्गलवार नवीकरण गरिने ट्रेजरी बिलहरू २८ दिने र १८२ दिने अवधिका दुई प्रकारका हुनेछन्। यसमार्फत सरकारले पूर्व जारी ऋणपत्रको परिपक्वता अवधिमा पुनः नवीकरण गर्दै आन्तरिक स्रोत परिचालनलाई निरन्तरता दिने योजना बनाएको हो।

नवीकरण प्रक्रिया अन्तर्गत इच्छुक बैङ्क तथा वित्तीय संस्थाहरूले सोमबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म आवेदन दिन सक्नेछन्। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यस नवीकरणबाट कुल १० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाइनेछ भने  नवीकरण प्रक्रिया मङ्गलवार सम्पन्न हुने जनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x