यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल पाैष १२ गते, मंगलबारकाे दिन बसेको सञ्चालक समितिको ८४ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७७/०७८ सम्मको सञ्चित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई ९.१०५३ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ८.६५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र शुन्य दशमलव ४५५३ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत ) गरी जम्मा ९.१०५३ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले प्राप्त गर्ने यूनियन लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले जानकारी दिएको छ ।
Click here to view the notice.
यूनियन लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
