नेपाल इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८० साल मङ्सिर ०९ गते, शनिवारका दिन बसेको सञ्चालक समितिको बैठक नं. ०८ ले गरेको निर्णय अनुसार आ. व.२०७९/०८० को हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७९/०८० को चुक्ता पुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार ३९९ रुपैयाँ ७२ पैसाको १० प्रतिशतले हुन आउने रकम रु. १४ करोड ९४ लाख ७६ हजार ५३९ रुपैयाँ ९७ पैसा बराबरको बोनस शेयर र ०.५२६३ प्रतिशतले हुन आउने रकम रु. ७८ लाख ६७ हजार १८६ रुपैयाँ ३१ पैसा बराबरको नगद लाभांश गरी जम्मा १०.५२६३ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरण र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात् मात्र वितरण हुने कम्पनीले जनाएको छ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा नेपाल इन्स्योरेन्स लिमिटेडले चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.४२११ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गरेको थियो ।
Click here to view the notice. 
 
नेपाल इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    