बहुचर्चित धार्मिक स्थल कागबेनीमा विशेष गरी बडादसैँ र चैते दसैँ अघिको सोह्र श्राद्ध तथा औँसी तिथिमा दिवङ्गत आफन्तहरूको नाममा पिण्ड दान र तर्पणका लागि बर्सेनि नेपाल र भारतबाट करिब ११ हजार जनाभन्दा बढी भक्तजनहरूको सो क्षेत्रमा आवागमन हुने गरेको छ । पिण्ड दान गर्दा दिवङ्गत भएकाहरूले मुक्ति पाउने धार्मिक विश्वास छ ।
हिमाल पारिको जिल्ला मुस्ताङको विभिन्न गाउँपालिकाहरूमा ७ वटा मात्र शाखा कार्यालय मार्फत सम्पूर्ण बैँकिङ्ग सेवा उपलब्ध गराइरहेको प्रभु बैङ्क, मुस्ताङ जिल्लाको वित्तीय पहुँचका लागि सारथि बन्ने गरेको मुस्ताङ बासीहरू बताउँछन् । मुस्ताङ जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि प्रभु बैङ्कले वित्तीय सेवा मात्र नभएर वित्तीय सचेतना तथा सामाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको प्रभु बैङ्कको गण्डकी प्रदेश कार्यालयले जनाएको छ । यसैबिच नगद रहित भुक्तानी प्रणालीमा विशेष जोड दिइरहेको प्रभु बैङ्कले कागबेनीमा भक्तजनहरूको सहजी करणका तथा सुविधाका लागि “कागबेनी मन्दिर श्राद्धस्थल व्यवस्थापन समिति“ लाई एक समारोहका बिच क्यु आर स्ट्यान्ड उपलब्ध गराएको छ ।
प्रभु बैङ्क द्वारा कागबेनी मन्दिर श्राद्ध स्थल व्यवस्थापन समितिलाई क्यु आर स्ट्यान्ड हस्तान्तरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
