प्रभु बैङ्क लिमिटेड र लक्ष्मी कन्टिनेन्टल प्रा.लि. बिच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैङ्कका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टल प्रा.लि.का तर्फबाट महाप्रबन्धक इन्द्र सापकोटाले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैङ्क र लक्ष्मी कन्टिनेन्टल प्रा.लि. बिच सम्पन्न उक्त सम्झौता अनुसार लक्ष्मी कन्टिनेन्टल प्रा.लि.बाट आयात गरिएको इलेक्ट्रिक भेहिकल, इच्छुक ग्राहकहरूले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ । हाल बैङ्कको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैङ्कले जनाएको छ । सो सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने विश्वास लिएको बैङ्कले बताएको छ ।
प्रभु बैङ्क लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. बिच सम्झौता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
