रिलायन्स फाइनान्सकाे नाफा २९४ प्रतिशतले घटेकाे छ । आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा फाइनान्स २ कराेड १९ लाख रुपैयाँ नाफामा थियो भने आ.व. २०७९/८० को पहिलाे त्रैमास सम्ममा फाइनान्सले ४ कराेड २५ लाख रुपैयाँ घाटामा देखिन्छ।
१ अर्ब ५ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजी रहेको रिलायन्स फाइनान्सले ६ अर्ब ५६ करोड ५१ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ५ अर्ब ३२ करोड ५७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १८ करोड ४५ लाख रुपैयाँ र सञ्चित मुनाफा २ कराेड ५३ लाख रुपैयाँ रहेको छ। साे फाइनान्सकाे व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ५१.४५ प्रतिशतले घटेर ३ कराेड ३४ लाख रुपैयाँ पुगेको छ।
रिलायन्स फाइनान्सकाे निष्क्रिय कर्जा अनुपात ३.६७ प्रतिशत र प्रतिशेयर आम्दानी १६ रुपैयाँ १६ पैसा (नकारात्मक) छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ०४ पैसा र पछिल्लो कारोबार मूल्य रु ३१७ को आधारमा मूल्य आम्दानी अनुपात १९.६१ (नकारात्मक) गुणा रहेको छ ।
रिलायन्स फाइनान्सकाे नाफामा २९४ प्रतिशतको गिरावट, निष्क्रिय कर्जा अनुपात ३.६७ प्रतिशत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
