सन्राइज बैङ्क लिमिटेडका संस्थापक शेयरधनीले १ लाख २२ हजार ०४५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका एक जना संस्थापक शेयरधनीहले शेयर बिक्री गर्न लागेका हुन् । बिक्री हुन लागेको सो शेयरको न्यूनतम मूल्य प्रति कित्ता रु. १२५ रुपैयाँ रहेको छ ।
यसमा २०८०/०१/०७ देखि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरी संस्थापक शेयरधनीहरुलाई शेयर खरिद गर्न प्राथमिकता दिएको तर उक्त समयभित्र संस्थापक शेयर खरिद सम्बन्धी कुनै पनि लिखित जानकारी नआएको हुँदा नियमानुसार संस्थापक शेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थाले खरिद गर्न इच्छा भएमा १८ जेठदेखि ७ दिने सार्वजनिक सूचना प्रकाशित गरेको सो बैङ्कले जानकारी दिएको छ ।
सो संस्थापक शेयर खरिदको लागि १८ जेठबाट ७ दिन भित्र बैङ्कको प्रधान कार्यालय, गैह्रिधारा, स्थित, शेयर रजिष्ट्री विभागमा आइपुग्ने गरी निवेदन पेस गर्न सक्ने सो बैङ्कले जनकारी दिएको छ ।
संस्थापक शेयर बिक्री गर्दै सन्राइज बैङ्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
