आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले यही पौष २९ गते शुक्रबारकाे दिन ९ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि पौष १५ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा पौष १४ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले साधारण सभा एशियन हाेटल प्रा.लि. बुटवल, रुपन्देहीमा बिहान ९:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले नवौँ साधारण सभाका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गर्ने र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले आ.व २०७८/०७९ को वासलात तथा नाफा नोक्सान हिसाब, सम्बन्धित अवधिको नगद प्रवाह विवरण र ईक्विटीमा भएको परिवर्तन लगायतका वार्षिक आर्थिक विवरणहरू उपर छलफल गरी पारित गर्नेछ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको चुक्ता पुँजीको ३ प्रतिशतले हुन आउने रकम रु. २ करोड ४१ लाख ५४ हजार ६७२ रुपैयाँ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) र ८ प्रतिशतले हुन आउने रकम रु. ६ करोड ४४ लाख १२ हजार ४५९ रुपैयाँ बराबरको बोनस शेयर गरी जम्मा ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव स्वीकृत गर्नेछ ।
आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
