करदाता सेवा कार्यालयहरूबाट सङ्कलित हुने राजस्व गत आर्थिक वर्षको यही अवधिको तुलनामा यस वर्ष वृद्धि भएको छ । गत वर्ष चैत मसान्तसम्म १२ अर्ब १६ करोड राजस्व सङ्कलन भएको थियो ।
यस वर्ष चैत मसान्तसम्म उक्त रकममा १.५३ प्रतिशतले वृद्धि भएको आन्तरिक राजस्व कार्यालयका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षको बाँकी दुई महिनामा सो वृद्धिदर थप बढ्ने अनुमान गर्नुभएको छ । देशभर ३९ वटा करदाता सेवा कार्यालय छन् । ती कार्यालयहरूले करदातालाई पायक पर्ने स्थानबाट आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क तथा शिक्षा र स्वास्थ्य क्षेत्रको कर सङ्कलन गर्दै आएका छन् ।
यसैबिच, आन्तरिक राजस्व कार्यालयले ३९ वटै करदाता सेवा कार्यालयका प्रमुखसहित कर्मचारीहरूको कार्यसम्पादन समीक्षा सम्पन्न गरेको छ । सबै कार्यालयका कर्मचारीसँग आफूले ‘भर्चुअल’ माध्यमद्वारा कार्यसम्पादन समीक्षा गरेको उहाँले जानकारी दिनुभयो । समीक्षामा उहाँले राजस्व निगरानी र करदाता सचेतना बढाउन निर्देशनसमेत दिनुभयो । महानिर्देशक तिवारीले अनुशासित भएर सरल र बिना झन्झट सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ ।
करदाता सेवा कार्यालयको राजस्वमा वृद्धि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
