स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार तोलामा रु एक लाख ३६ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ३५ हजार छ सय निर्धारण भएको छ ।
त्यस्तै, तेजाबी सुन बुधवार तोलामा रु एक लाख ३५ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ ।
चाँदीको मूल्य तोलामा रु १० ले वृद्धि भएको छ । बुधवार तोलामा रु एक हजार छ सय ७५ मा कारोबार भएकामा चाँदी आजका लागि रु एक हजार छ सय ८५ निर्धारण भएको छ ।
सुन तोलामा रु. आठ सयले घट्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
