
साताको चौथौँ कारोबार दिन नेप्से परिसूचक २५ दशमलव ३१ अङ्कले बढेर २०९७ दशमलव ५५ को विन्दुमा कायम भएको छ। आज कूल २८९ कम्पनीहरूका ८५ लाख ०४ हजार ३७८ कित्ता शेयर रु. ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७७४ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ३३ करोड ९३ लाख ५१ हजार १०१ बराबरको शेयर कारोबार भयो । त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको रु. ९ करोड २३ लाख १६ हजार २४८ बराबरको शेयर कारोबार भएको छ।
यता, सोल्टी हाेटल लिमिटेडको रु. ९ करोड १४ लाख ०१ हजार ८०९ कारोबार हुँदा नेपाल टेलिकमको रु. ८ करोड ५४ लाख ८० हजार ९४२ र हिमालयन डिस्टिलरी लिमिटेडको रु. ६ करोड ९७ लाख ३१ हजार ७८७ बराबरको शेयर कारोबार भएको छ ।
 
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    