साताको चौथौँ कारोबार दिन नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्कले घटेर २१५० दशमलव ९९ को विन्दुमा कायम भएको छ। आज कूल २८० कम्पनीहरूका १ करोड ३३ लाख ४२ हजार ९९६ कित्ता शेयर रु. ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ८३ करोड ७० लाख ३६ हजार ७९१ बराबरको शेयर कारोबार भयो । त्यस्तै, शिवम् सिमेन्ट्स लिमिटेडको रु. २८ करोड २२ लाख ६७ हजार ५५९ बराबरको शेयर कारोबार भएको छ।
यता, सोल्टी हाेटल लिमिटेडको रु. २३ करोड ५६ लाख ३८ हजार ९९९ कारोबार हुँदा एशियन लाइफ इन्स्योरेन्सको रु. १९ करोड ५० लाख ७२ हजार ०८४ र आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स लिमिटेडको रु. १७ करोड २७ लाख ७६ हजार २७४ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
