
साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर २०८८ दशमलव ७० को विन्दुमा कायम भएको छ । आज कूल २८२ कम्पनीहरूका ६४ लाख ५० हजार ९३४ कित्ता शेयर रु. २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा नागरिक लगानी कोषको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. १२ करोड १७ लाख ८३० बराबरको शेयर कारोबार भयो । त्यस्तै, नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडको रु. ११ करोड ३८ लाख ७४ हजार १०३ बराबरको शेयर कारोबार भएको छ।
यता, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको रु. ११ करोड ३३ लाख ८४ हजार ५०२ कारोबार हुँदा  शिवम् सिमेन्ट्स लिमिटेडको रु. ११ करोड १६ लाख ९२ हजार १३० र सोल्टी हाेटल लिमिटेडको रु. ७ करोड ३२ लाख ६४ हजार ६०२ बराबरको शेयर कारोबार भएको छ ।
 
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    