साेनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले श्रावण २९ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार योग्य आवेदकले (आयोजना प्रभावित क्षेत्रका बासिन्दाले) दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १५ लाख कित्ता सम्म तोकेको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १० लाख ७६ हजार २६८ कित्ता तोकेको छ।
कम्पनीको जारी पुँजी मध्ये ४० प्रतिशतले हुन आउने रकम बराबरको कुल १ करोड २३ लाख २०० कित्ता साधारण शेयरहरूको प्राथमिक सार्वजनिक निष्काशन गर्न लागेको हो । जस मध्ये १५ लाख ३७ हजार ५२५ कित्ता अर्थात् जारी पुँजीको ५ प्रतिशतले हुने शेयर कित्ता उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि प्रति शेयर अङ्कित मूल्य रु. १०० मा प्रिमियम बापत रु. १२५ थप गरी प्रति शेयर जम्मा रु. २२५ दरमा निष्काशन गर्न छुट्याएकाे र उक्त स्थानीय बासिन्दाहरूको लागि छ्रट्याएकाे शेयरमा पूर्ण रूपमा आवेदन पर्न नआएमा बाँकी रहेको शेयर समेत सर्वसाधारणमा निष्काशन गर्ने शेयरमा थप गरी सोही अनुपातमा सार्वजनिक निष्कासनको १० प्रतिशतले हुन आउने शेयर कित्ता अर्थात् १० लाख ७६ हजार २६८ कित्ता प्रति शेयर अङ्कित मूल्य रु. १०० मा प्रिमियम बापत रु. १३७.५८ थप गरी प्रति शेयर जम्मा मूल्य रु. २३७.५८ दरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूको लागि आइपिओ विक्री गर्न लागेको हो।
सो कम्पनीको साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि निष्कासन बन्द हुने मिति (छिटोमा) भाद्र ११ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा भाद्र २६ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ। त्यसै गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि साधारण शेयरको निष्कासन बन्द हुने मिति पनि भाद्र ११ गते रहेको कम्पनीले जनाएको छ।
कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी- आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।
सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
साेनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको आइपिओ विक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
