हिमालय उर्जा विकास कम्पनी लिमिटेडले हकप्रद शेयर श्रावण २४ गते देखि निष्कासन गर्ने भएको छ । कम्पनीको हाल कायम चुक्ता पुँजी रु. ९९ करोडको आधारमा १ बराबर १ को अनुपातमा कम्पनीले हकप्रद शेयरको निष्कासन खुल्ला गर्न लागेको हो ।
सो कम्पनीले प्रति शेयर रु.१०० अङ्कित दरका ९९ लाख कित्ता हकप्रद साधारण शेयरको निष्कासन तथा विक्री खुल्ला गर्न लागेको हो ।
सो कम्पनीको हकप्रद शेयरको निष्कासन बन्द हुने मिति भाद्र १२ रहेको छ।
हिमालय उर्जा विकास कम्पनी लिमिटेडले हकप्रद शेयर प्रयोजनका लागि असार २० गते एक दिनका लागि बुक क्लाेज गरेको थियो। जसको अनुसार असार १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन योग्य हुनेछन्।
सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। उक्त कम्पनीको हकप्रद शेयर खरिदका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड साथै लक्ष्मी सनराइज बैङ्कको गोकुल गङ्गा गाउँपालिका, शिवालय, रामेछापबाट पनि आवेदन पेस सक्नेछन्। ।
त्यसका साथ-साथै नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त कुनै बैङ्क तथा वित्तीय संस्था मार्फत पनि आवेदन पेस गर्न सकिनेछ।
शतप्रतिशत हकप्रद सेयर जारी गर्दै हिमालय ऊर्जा कम्पनी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
