नेकाे इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८२ साल वैशाख ११ गते, बिहान ८:०० बजे बसेको सञ्चालक समितिको ४८० औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०८०/०८१ को कायम रहेको मुनाफाबाट हाल कायम शेयर धनीहरूलाई ७.३६८४ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ.व २०८०/०८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतले हुन आउने रकम बराबरको बाेनश शेयर र ०.३६८४ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश (कर प्रयोजनको लागि समेत) वितरण गर्ने कम्पनीले जनाएको छ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी बस्ने कम्पनीको साधारण सभाले अनुमोदन गरेपश्चात् मात्र वितरण हुने कम्पनीले बताएको छ।
Click here to view the notice.
नेकाे इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
