नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जेठ ०४ गते बिहीबारका दिन सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्स लिमिटेडको शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा बिहीबार सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्स लिमिटेडको कुल ४ करोड १८ लाख ४० हजार कित्ता शेयर सूचीकृत भएको हो ।
सानिमा लाइफ इन्स्याेरेन्स लिमिटेड र रिलायन्स लाइफ इन्स्याेरेन्स लिमिटेड एकापसमा गाभिदा १:१ को अनुपातमा कायम हुन आएको प्रति शेयर अङ्कित मूल्य रु. १०० दरको शेयर क्रम सङ्ख्या १ देखि ४,१८,४०,००० सम्मको कुल ४ करोड १८ लाख ४० हजार कित्ता शेयर सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्स लिमिटेडको नामबाट सूचीकृत भएको हो ।
नेप्सेमा मर्जर पश्चात् सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्स लिमिटेडको शेयर सूचीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
