एनएलजी ईन्स्याेरेन्स कम्पनी लिमिटेडले यही श्रावण १५ गते सोमबारको दिन विशेष साधारण सभा गर्ने भएको छ। कम्पनीले विशेष साधारण सभाको प्रयोजनको लागि श्रावण ०८ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा श्रावण ०७ गतेसम्म (आज सम्म) कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले साधारण सभा आम्रपाली ब्याङ्केट, थिरबम सडक, बालुवाटार, काठमाडौँमा बिहान १०:३० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले कम्पनीको हाल कायम चुक्ता पुँजी रु. १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ ५० पैसाको १० शेयर बराबर ६.६ शेयरको अनुपातले हकप्रद शेयर जारी गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।
सभाले हकप्रद शेयर जारी पश्चात् कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि भई रु. २ अर्ब ४२ करोड २३ लाख ९७ हजार ८१२ रुपैयाँ २३ पैसा पुग्ने हुँदा सोही अनुसार जारी तथा चुक्ता पुँजी प्रबन्ध पत्रको दफा ५ (ख) (ग) (घ) तथा नियमावलीमा नियम ५ (ख) (ग) (घ) मा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
आजसम्म कायम शेयरधनीले एनएलजी ईन्स्याेरेन्स कम्पनीको विशेष साधारण सभामा भाग लिन पाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
