पोखरा, प्रभु बैङ्क लिमिटेड र गोरखा नगरपालिका वडा नं.–६ अर्घले स्थित गोरखा गार्डेन होटेल प्रा.लि. बिच व्यावसायिक साझेदारीको लागि मिति २०८२/०१/०२ मा एक कार्यक्रमका बिच आफ्ना कर्मचारी तथा ग्राहकहरू लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
मिति २०८२/०१/०२ गते एक समारोहका बिच गोरखा गार्डेन होटेल प्रा.लि. का तर्फबाट अध्यक्ष सुरेन्द्र कुवर, र प्रभु बैङ्क लिमिटेड तर्फबाट, बैङ्कका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु रानाले समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार प्रभु बैङ्कका ग्राहक तथा कर्मचारीहरूले बैङ्कको डेबिट/क्रेडिट कार्ड तथा बैङ्कको अन्य कुनै विद्युतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डेन होटेल प्रा.लि. मा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरूमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
गोरखाको मुटुमा अवस्थित, गोरखा गार्डेन होटेल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ । प्रभु बैङ्क लिमिटेड तथा गोरखा गार्डेन होटेल प्रा.लि. बिच भएको यो साझेदारीले गोरखाको पर्यटनको प्रवर्द्धन हुनुका साथै प्रभु बैङ्क लिमिटेडका ग्राहकहरू पनि लाभान्वित हुनेछन् ।
प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डन होटलबीच विशेष छुट सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
