नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेड र काठमाडौँ महानगरपालिका बिच बैंकिंङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । मिति २०८१ असार १८ गते मङ्गलवारका दिन काठमाडौँ महानगरपालिकाको कार्यालयमा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा नेपाल बैङ्कका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डे र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारले हस्ताक्षर गर्नुभएको थियो ।
सो सम्झौता बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुलाइ बैङ्कले विशेष छुट सहितको बैंकिंङ सेवा उपलब्ध गराउने एवं सामुदायिक विद्यालयहरूमा कार्यरत सम्पूर्ण स्थायी, करार, आंशिक तथा ज्यालादारी/प्राविधिक शिक्षक/कर्मचारीहरूले नेपाल बैङ्कको सबै शाखाबाट छुट सहित आकर्षक बैंकिंङ सेवा सुविधा पाउने गरी तलबी बचत खाता खोल्न सक्नुका साथै नियमानुसार बैङ्कले प्रदान गर्ने कर्जा तथा अन्य बैंकिंङ सुविधा पाउन सक्नेछन् ।
नेपाल बैङ्क र काठमाडौँ महानगरपालिका बिच सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
