ग्लोबल आइएमई बैङ्क लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित भएको छ । फिनाकल १० कोर बैंकिङ्गको कार्यान्वयन पश्चात् बैङ्कले ग्राहक केन्द्रित सेवाहरूमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा बैङ्कलाई ट्रान्सफरमेसन एक्सिलेन्स विधा अन्तर्गत सर्वोत्कृष्ट घोषित गरिएको हो ।
इन्फोसिस फिनाकल इनोभेसन अवार्ड बैंकिङ्ग टेक्नोलोजी क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो । नवीनतम ग्राहक केन्द्रित आविष्कारहरूको सर्जक बैङ्कहरूलाई प्राविधिक रूपान्तरण, यसको सही प्रयोग तथा टेक्नोलोजीमा सृजनशीलता जस्ता बुँदाहरूलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिएको बैङ्कले जनाएको छ ।
ग्लोबल आइएमई बैङ्क डिजिटल टान्सफरमेसन, टेक्नोलोजीमा नवीनता एवम् उत्कृष्टता र यसको सही सदुपयोग गर्दै उत्तरदायी तथा सुरक्षित बैंकिङ्ग मार्फत सेवा प्रवाह गर्ने उत्कृष्ट बैङ्क भएकाले सो अवार्ड प्रदान गरिएको बैङ्कले जनाएको छ ।
ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कले ३५७ शाखा कार्यालय, ३५७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
ग्लोबल आइएमई बैङ्क इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
33.33%

0.00%

0.00%

66.67%

0.00%

0.00%
