सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लामो समय देखी निरन्तर रूपमा अनाथ बालबालिकाहरूको लागी काम गर्दै आएको रिन्यु फाउन्डेसन नेपाल नवीकरण प्रतिष्ठान नेपाल० लाई सहयोग प्रदान गरेको छ ।
विभिन्न दाताबाट प्राप्त सहयोगबाट सञ्चालन भइरहेको र करिब ४५ जना बालबालिकाहरूले आश्रय लिइरहेको सो संस्थालाई बैङ्कले दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरू र वाटर डिस्पेन्सर उपलब्ध गराएको हो ।
संस्थामा आयोजित एक समारोहका बिच बैङ्कका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरूप बालबालिकाहरूलाई सामाग्रीहरू हस्तान्तरण गर्नुभएको हो । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थालाई सानै भए पनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुसी महसुस भएको कुरा व्यक्त गर्नुभयो ।
संस्था तथा त्यहाँ रहेका बालबालिकाहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले यस्ता संस्थाहरूले अनाथ बालबालिकाको हेरचाह र शिक्षाको लागि समाजमा उदाहरण बसाइरहेको कुरा पनि व्यक्त गर्नुभयो ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैङ्कले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको बैङ्कले जनाएको छ ।
सिटिजन्स बैङ्कद्वारा रिन्यु फाउन्डेसनलाई सहयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
