ग्लोबल आइएमई बैङ्क लिमिटेड र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल ९तराई० लिमिटेड बिच च्यानल फाइनान्सिङ्ग कार्यक्रमसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता कार्यान्वयन गर्नका लागि एक समझदारी पत्रमा बैङ्क र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेड बिच एक सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
सम्झौताअनुसार बैङ्कले बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) का उत्पादनहरू खरिद गर्नका लागि आधिकारिक डिष्ट्रिब्युटर्सहरुलाई आवश्यक चालू पुँजी प्रदान गर्न च्यानल फाइनान्सिङ्ग सुविधा प्रदान गर्नेछ ।
बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) का आधिकारिक डिष्ट्रिब्युटर्सहरुले बैङ्कको जुनसुकै शाखाबाट च्यानल फाइनान्सिङ्ग कार्यक्रमअन्तर्गत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
उक्त कार्यक्रममा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यका साथै बोटलर्स नेपाल लिमिटेडका मेनेजिङ्ग डाइरेक्टर दीपक सेन्थिलनाथ लगायत दुवै संस्थाका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो ।
ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कले ३५० शाखा कार्यालय, ३६९ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
ग्लोबल आइएमई बैङ्क र बोटलर्स नेपालबिच च्यानल फाइनान्सिङ्ग सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

66.67%

0.00%

0.00%

33.33%

0.00%
