मुक्तिनाथ विकास बैङ्क लि.ले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन काठमाडौँको विशालनगरमा स्थित “अरोगिन हेल्थ केयर प्रा. लि ”(Arogin Health Care Pvt. Ltd.) सँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
सो सम्झौता पश्चात् मुक्तिनाथ विकास बैङ्कका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले काठमाडौँको विशालनगरमा स्थित “अरोगिन हेल्थ केयर प्रा. लि ” मा विभिन्न सेवा सुविधाहरूमा विशेष ४५% सम्म छुट प्राप्त गर्न सक्नेछन् । अरोगिन हेल्थ केयरले प्रदान गर्ने सेवाहरूमा कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचार लगायत छाला, दाँत सम्बन्धी समस्याको हेरचाह सँगै अन्य विभिन्न सुविधाहरू रहेको छ ।
मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकहरुलाई काठमाडौंको “अरोगिन हेल्थ केयर” मा विशेष छुट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
