लक्ष्मी सन्राइज बैङ्कले कास्की जिल्लाको पोखरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।
बैङ्कको पोखरा महानगरपालिका वडा न. २६ स्थित बुढीबजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न. ६ स्थित हल्लनचोक (लेकसाइड) मा स्थानान्तरण गरिएको हो ।
स्थानान्तरण गरिएको साबिकको शाखाका ग्राहकहरूले सोही महानगरपालिकाको वडा न. २७ स्थित लेखनाथ (तालचोक) शाखा मार्फत सेवा लिन सक्ने बैङ्कले जनाएको छ ।
सेवा विस्तारकै क्रममा बैङ्कले आफ्नो २७औँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । उक्त काउन्टर पोखरा महानगरपालिका वडा न. १६ को बाटुले चौरमा स्थापना भएको बैङ्कले बताएको छ ।
साथै ग्राहकहरूको सहजता लागि रौतहट जिल्लाको गौर नगरपालिका वडा न. ३ मा स्थित शाखा कार्यालय सोही वडाको ३० मिटर पूर्व तर्फ स्थानान्तरण भएको छ ।
स्थानान्तरण भए सँगै बैङ्कले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैङ्किङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास बैङ्कले लिएको जनाएको छ । स्थानान्तरण भएका शाखाहरूले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैङ्किङ सेवाहरू प्रदान गर्ने बैङ्कले जनाएको छ ।
लक्ष्मी सन्राइज बैङ्कद्वारा पोखरामा शाखा स्थानान्तरण र सेवा विस्तार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
