मुक्तिनाथ विकास बैङ्क लि.ले १७ औँ वर्ष पार गरी १८ औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरू गरेको छ । सो अवसरमा बैङ्कले बृहत् रक्तदान, विभिन्न सामाजिक कार्यहरू र बैङ्कमा १० वर्ष भन्दा लामो समयसम्म कार्यरत १३५ कर्मचारीहरूलाई सम्मान गरेको छ ।
वार्षिकोत्सवको अवसरमा बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डा. महावीर पुन द्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्र लाई ग्रिन इनर्जी, वातावरण संरक्षण तथा प्लास्टिक रिसाईकलको लागि रु ५ लाखको आर्थिक सहयोगका गरेको छ । यसै गरी बैङ्कका क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयमा सञ्चालित बृहत् रक्तदान कार्यक्रम मार्फत १६६ युनिट रगत सङ्कलन गरेको छ । सो अवसरमा बैङ्कले देशका क्षेत्रीय तथा शाखा कार्यालयहरू मार्फत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण, दृष्टिविहीन नागरिकहरूलाई सेतो छडी वितरण, अनाथालय, बाल आश्रम तथा वृद्धा आस्राममा विभिन्न सामाग्री वितरण, फोहोर मैला व्यवस्थापनको लागि डस्टविन वितरण र वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग साक्षरता जस्ता विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गरेको छ ।
साथै, बैङ्कका वर्तमान सञ्चालकहरू, पूर्व सञ्चालकहरू , संस्थापक सेयरधनी, तथा बैङ्कका उच्च पदाधिकारीहरू, शाखा प्रबन्धकहरूको उपस्थितिमा सञ्चालन भएको उक्त समारोहमा बैङ्कका अध्यक्ष श्री भरत राज ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैङ्कले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुक्तिनाथ विकास बैंक १८ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रमहरु सहित राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
