ग्लोबल आइएमई बैंक, कान्तिपथ शाखाले शुक्रबार वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । शाखाले डिजिटल बैंकिङ सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा ग्लोबल आइएमई बैंक बागमती प्रदेश प्रमुख ध्वजविक्रम साउँदले ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सेवाबाट हरेक प्रकारका सुविधा उपलब्ध हुने बताएका छन् । उनले वित्तीय साक्षरता कार्यक्रममा बोल्दै अब बैंकका हरेक ग्राहकले भौतिक रुपमा बैंकसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएकोसमेत बताएका छन् ।
यस्तै कार्यक्रममा बैंकको कान्तिपथ शाखाका शाखा प्रमुख यादव शर्माले बैंकको सेवा सुविधाका फाईदा, यसले ल्याएको अवसर र यसका समस्या समाधानका बिषयमा केन्द्रित रहेर उक्त साक्षरता कार्यक्रम आयोजना गरिएको बताएका छन् ।
बैंकको कान्तिपथ शाखाले काठमाडौंको यल्लो प्यागोडा होटलमा आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा बैंकका ग्राहक, कर्मचारी गरी करिव ३ सय जना सहभागि भएका थिए ।
ग्लोबल आइएमई बैंक कान्तिपथ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
