मुक्तिनाथ विकास बैङ्कले “मुक्तिनाथ विशिष्ट सहज कर्जा” योजना सञ्चालनमा ल्याएको छ । केही समयदेखि बजारमा देखिएको तरलता सङ्कट सँगै ग्राहकहरूले कर्जा पाउन नसकिरहेको अवस्थामा बैङ्कले साे योजना घोषणा गर्दै कर्जा आवश्यक परेका कुनै पनि ग्राहकले मुक्तिनाथ विकास बैङ्कको शाखा कार्यालयहरूमा सम्पर्क राख्न आव्हान गरेको छ । साे योजना अन्तर्गत रु. २ करोड सम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषि कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जा प्रदान गर्ने सो बैङ्कले जानकारी दिएको छ । योजना अन्तर्गत कर्जा लिन इच्छुक कर्जाग्राहीहरुलाई सम्पूर्ण आवश्यक कागजातहरू पुरा गरेको ३ कार्य दिन भित्रै सर्वसुलभ ब्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने बैङ्कले जनाएको छ ।
साे योजनामा सहभागी भई कर्जा लिन इच्छुक ग्राहकहरूले नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न वा मोबाइल नम्बर ९८०१११००२३ मा मिस्ड कल गरी वा बैङ्कको वेबसाइटमा गई अनलाइन मार्फत कर्जा आवेदन दिन सक्ने सोही बैङ्कले बताएको छ ।
मुक्तिनाथ विकास बैङ्ककाे मुक्तिनाथ विशिष्ट सहज कर्जा योजना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%
