नबिल बैङ्क लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना बजारमा ल्याएको छ । आफूलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घण्टाभित्र पाउने गरी बैङ्कले सो ऋण योजना ल्याएको बताएको छ ।
सो ऋण योजना अन्तर्गत १२.३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिने नबिल बैङ्कले जनाएको छ । आवेदन दिएदेखि ऋण प्राप्तिसम्मको समय एक घण्टाको अवधिमा ऋण पाइने भएकाले तत्काल समस्या समाधानमा सहयोग पुग्ने बैङ्कले दाबी गरेको छ । त्यस्तै सुनको लागि निःशुल्क बिमाको व्यवस्था पनि गरिएको बैङ्कले बताएको छ । बैङ्कले ग्राहकको विभिन्न वित्तीय आवश्यकताहरू पूरा गर्न यस्तो प्रकारको कार्यक्रम ल्याएको बैङ्कले जानकारी दिएको छ ।
नबिलले तत्कालको लागि नेपालभर ८ वटा शाखाबाट यो सेवा दिने जनाएको छ । जसमा उपत्यका भित्रका ग्राहकहरूका लागि कुमारीपाटी, कालीमाटी र सूर्यविनायक शाखाबाट लिन सकिन्छ । उपत्यका बाहिरका ग्राहकका लागि धरान–महेन्द्रपथ, बुटवल–चौराहा, नेपालगन्ज (भानुभक्त चोक), फिदिम र चिप्ले ढुङ्गाबाट सुन कर्जा उपलब्ध गराउने सो बैङ्कले जनाएको छ ।
नबिल बैङ्कले ल्यायो नबिल इन्स्ट्यान्ट गोल्ड लोन, एक घण्टा भित्रै ऋण पाइने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
