आई.एम.ई लाइफ इन्स्याेरेन्सको नाफा ११.२२ प्रतिशतले वृद्धि भएको छ । आ.व. २०८०/८१ को प्रथम त्रैमास सम्ममा कम्पनीले १३ करोड ३ लाख नाफा कमाएको थियो भने आ.व. २०८१/८२ को प्रथम त्रैमास सम्ममा कम्पनीले १४ करोड ५० लाख नाफा कमाएको देखिन्छ ।
५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको आई.एम.ई लाइफ इन्स्याेरेन्सको खुद बीमा शुल्क आर्जन ११.९६ प्रतिशतले बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको महाविपत्ति कोषमा १९ करोड ४१ लाख रुपैयाँ रहेको छ भने बीमा व्यवसाय भित्र्याउने अभिकर्तालाई १० करोड ८३ लाख कमिसन प्रदान गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६० पैसा छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ६६ पैसा छ र मूल्य आम्दानी अनुपात ४३.२२ गुणा रहेको छ ।
आई.एम.ई लाइफ इन्स्याेरेन्सको खुद बीमा शुल्क आर्जन १ अर्ब १६ करोड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
