नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेड र अनलाइन ई कमर्स प्लेटफर्म दराज केयमु प्रा.लि. बिच बैङ्कमा निक्षेप खाता रहेका ग्राहकहरूलाई दराजको अनलाइन पोर्टल मार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
नेपाल बैङ्कले आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्न इ–कमर्स प्लेटफर्मसँग साझेदारीलाई निरन्तरता दिएको छ । बैङ्कका निक्षेपकर्ताहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १५% वा अधिकतम रु २,००० सम्म छुट हुने र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा २०% वा अधिकतम रु २,५०० बराबरको छुट प्राप्त गर्न सकिनेछ । छुट प्राप्त गर्नको लागि नेपाल बैङ्कको शाखाहरूमा सम्पर्क गरी ग्राहकहरूले आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्नुपर्ने भएकोले बैङ्कले ग्राहकहरूलाई आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न डेबिट कार्ड र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ ।
सो योजना २०८१ साल कात्तिक २६ गतेदेखि २०८१ साल मङ्सिर ७ गतेसम्म लागू हुनेछ ।
नेपाल बैंक लिमिटेड र ईकमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%