एन आई सी एशिया बैङ्कले अब आफ्ना ग्राहकहरूको नाममा विदेशबाट आएको रेमिटेन्स रकम बैङ्कको मोबाइल बैंकिङ्ग एपमार्फत सहजै बुझ्न सक्ने सेवाको सुरुवात गरेको छ । सो सेवा सुरु भएसँगै अब बैङ्कको मोबाइल बैंकिङ्ग सेवा लिनुभएका ग्राहकहरूले आफूलाई आएको रेमिटेन्स रकम सो बैङ्कमा रहेको निजको खातामा डिपोजिट गर्न सक्नेछन् । डिजिटल कारोबारमा आम ग्राहकहरूको उपस्थितिलाई थप प्रोत्साहन गर्नुपर्ने आजको आवश्यकतालाई सघाउ पुग्ने गरी आएको सो सेवाबाट रेमिटेन्स रकम बुझ्नको लागि NIC Asia MoBank भित्रको Remittance आइकनमा ट्याप गरेर Receive Remit भित्र आफूलाई प्राप्त रकम र Unique PIN राखेपश्चात् उक्त रकम जुनसुकै समयमा आफ्नो खातामा स्थानान्तरण गर्न सकिनेछ । सो सेवापश्चात् ग्राहकहरूलाई रेमिटेन्स रकम बुझ्नकै लागि बैङ्क उपस्थित भई भौतिक फारम भरी नगद झिक्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने विश्वास लिएको बैङ्कले जनाएको छ ।
 
अब विदेशबाट आएको रकम एन आई सी एशिया बैङ्कको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुविधा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    