बुटवलमा सम्पन्न प्रथम अन्तर बैङ्क फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैङ्कले जितेको छ ।
नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घ सिद्धार्थनगर समितिले आयोजना गरेको अन्तर बैङ्क फुटसल प्रतियोगितामा एनएमबि बैकलाई ६–० गोल अन्तरले पराजित गर्दै ग्लोबल आइएमई बैङ्क विजयी भएको हो ।
विजयी हुँदै ग्लोबल आइएमईले ५० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको एनएमबि बैकले २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
२९ टिमबिच भएको तिन दिने प्रतियोगिताको अन्तिम दिन आज १६ टिमबिच क्वाटर, सेमी र फाइनल खेल भएको थियो ।
यस्तै प्रतियोगितामा ग्लोबल आइएमई बैङ्कका बमबहादुर भुजेल सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए भने ग्लोबल आइएमई बैङ्ककै दुर्गा ओलीले १८ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्न सफल भए ।
यस्तै सर्वोत्कृष्ट गोल किपरमा ग्लोबल आइएमई बैङ्कका हुपेन्द्र चौधरी र उत्कृष्ट खेलाडीमा ग्लोबल आइएमई बैङ्कका दुर्गा ओली बन्न सफल भएको आयोजकले जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगरका निर्देशक विज्ञानराज सुवेदीको प्रमुख आतिथ्य तामा समापन कार्यक्रमको आयोजना गरिएको हो ।
उपाधि विजेता, उपविजेता तथा खेलाडीहरूलाई नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगरका निर्देशक विज्ञानराज सुवेदी, आयोजक संस्था नेपाल राष्ट्र बैङ्क कर्मचारी युनियनका अध्यक्ष पदमराज भुसाल लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
खेलको लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले उद्घाटन गर्दै प्रतियोगिताको सफलताको कामना गर्नुभयो ।
प्रतियोगिताको मुख्य प्रायोजकमा साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क, सह प्रायोजकमा ग्लोबल आइएमई बैङ्क तथा मिडिया पार्टनरमा बुद्ध टेलिभिजन रहेका छन् ।
ग्लोबल आइएमई बैङ्कले जित्यो अन्तर बैङ्क फुटसल प्रतियोगिताको उपाधि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
