ग्लोबल आइएमई बैङ्कको नाफा ४६.२६ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ४ अर्ब ९५ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को चाैथाे त्रैमास सम्ममा बैङ्कले ७ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ । बैङ्कको खुद ब्याज आम्दानीमा व्यापक वृद्धि भएर सञ्चालन मुनाफा बढ्दा नाफामा उल्लेख्य वृद्धि भएको देखिन्छ।
३५ अर्ब ७७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैङ्कले ४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ३ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १९ अर्ब ९५ करोड रुपैयाँ र सञ्चित मुनाफा २ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६६.३७ प्रतिशतले बढेर १७ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा २ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । आ.व. २०७९/८० को चौथौँ त्रैमास सम्ममा बैङ्कले आफ्ना शेयरधनिहरूलाई ८.२७ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ।
बैङ्कको प्रतिशेयर आम्दानी २० रुपैयाँ ७७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ५ पैसा र पछिल्लो कारोबार मूल्य रु २२४ को आधारमा मूल्य आम्दानी अनुपात १०.७८ गुणा रहेको छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर ३.०८ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज वृद्धि भई २ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ भने १ अर्ब ३६ करोड रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।
ग्लोबल आइएमई बैङ्कको नाफा ७ अर्ब २५ करोड, खुद ब्याज आम्दानीमा ६६.३७ प्रतिशतको वृद्धि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
