ग्लोबल आइएमई बैङ्क लिमिटेडले यही मङ्सिर २८ गते (आज) १७ औँ वार्षिक साधारण सभा गर्दै छ । कम्पनीले साधारण सभा नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान ९:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेस हुने आर्थिक वर्ष (आ.व) २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व २०७९/०८० को नाफा-नोक्सान हिसाब तथा वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने छ भने आ.व २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ८ प्रतिशतको दरले हुन आउने रकम बराबरको नगद लाभांश (कर प्रयोजन सहित) र १ प्रतिशतको दरले हुन आउने रकम बराबरको बोनस शेयर वितरण गर्ने स्वीकृतको प्रस्ताव पनि पारित गर्ने छ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि मङ्सिर १३ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ । सो आधारमा मङ्सिर १२ गते सम्म कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।
आज ग्लोबल आइएमई बैङ्क लिमिटेडले १७ औँ वार्षिक साधारण सभा गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
