आशा लघुवित्तको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८१ साल असोज ६ गते, आइतबारका दिन बसेको सञ्चालक समितिको १५७ औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०८०/८१ को सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको कुल १५ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

लघुवित्तको सञ्चालक समितिको बैठकले आ. व. २०८०/८१ सम्मको खुद मुनाफाबाट चुक्ता पुँजीको  १० प्रतिशतले हुन आउने ९ करोड १४ लाख ३० हजार २८० रुपैयाँ रकम बराबरको बोनस शेयर र ०.७५ प्रतिशतले हुन आउने ४८ लाख १२ हजार १२० रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत ) गरी जम्मा १५ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्क र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x