महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले यही वैशाख ०९ गते १० औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि चैत्र २९ गते एक दिनको लागि बुक क्लोम गर्ने जानकारी दिएको छ । सो आधारमा चैत्र २८ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले साधारण सभा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय महुली, सप्तरीमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १४.२५ प्रतिशतका दरले हुन आउने रकम रु. ४ करोड ०२ लाख ०९ हजार १४५ रुपैयाँ २० पैसा बराबरको बोनस शेयर र ०.७५ प्रतिशतका दरले हुन आउने रकम रु. २१ लाख १६ हजार २७० रुपैयाँ ८० पैसा बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पनि पारित गर्ने छ ।
सभाले यस लघुवित्त वित्तीय संस्था लिमिटेडले एक वा एक भन्दा बढी उपयुक्त वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्ति (एक्विजिशन) गर्ने प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्था पहिचान गर्ने सहमति पत्रमा हस्ताक्षर गर्न, सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैङ्क समक्ष निवेदन दिने, सम्पत्ति र दायित्व मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता नियुक्ति गर्ने लगायतका सम्पूर्ण कार्य गर्न/गराउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
महुली लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
