महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयर धनीलाई वितरण गर्न यस अघि प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश संशोधन गरेको छ । कम्पनीको मिति २०७९ साल चैत्र १४ गते बेलुका ५:१५ बजे सम्पन्न सञ्चालक समितिको १३५ औँ बैठकले राष्ट्र बैङ्कको निर्देशन पश्चात् आ. व.२०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल १५ प्रतिशतले हुन आउने बोनस शेयर लाभांश स्वरूप आफ्ना शेयर धनीहरू माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
लघुवित्तको सञ्चालक समितिको बैठकले संशोधन पश्चात् आ. व. २०७८/०७९ सञ्चित सम्मको मुनाफाबाट हाल कायम चुक्ता पुँजी २८ करोड २१ लाख ६९ हजार ४४० रुपैयाँको १४.२५ प्रतिशतले हुन आउने रकम रु. ४ करोड ०२ लाख ०९ हजार १४५ रुपैयाँ २० पैसा बराबरको बोनस शेयर र ०.७५ प्रतिशतले हुन आउने रकम रु. २१ लाख १६ हजार २७० रुपैयाँ ८० पैसा बराबरको नगद लाभांश स्वरूप आफ्ना शेयर धनीहरू माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ । प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २६ प्रतिशत बोनस शेयर लाभांश स्वरूप वितरण गरेको थियो।
संशोधन पश्चात् कति दिँदै छ महुली लघुवित्तले लाभांश ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
