सालपा विकास बैङ्कको आइपिओमा झन्डै २० गुणा माग


सालपा विकास बैङ्क लिमिटेडको आइपिओमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ। बैङ्कको आइपिओमा कुल २ करोड ७८ लाख ८४ हजार ५७० कित्ता शेयरका लागि २३ लाख ८३ हजार ४०७ जना लगानीकर्ताले आवेदन दिएका छन्, जुन माग उपलब्ध शेयरको तुलनामा करिब १९.३७ गुणा बढी हो।

बैङ्कले सर्वसाधारण लगानीकर्ताका लागि १४ लाख ३९ हजार १७९ कित्ता शेयर मात्र निष्कासन गरेको थियो। माग अत्यधिक भएपछि यो आइपिओ गोला प्रथा मार्फत बाँडफाँड हुने भएको छ।

गोला प्रथा अनुसार करिब १ लाख ४३ हजार ९१७ जना लगानीकर्ताले मात्र शेयर पाउनेछन् भने बाँकी करिब २२ लाख ६९ हजार ४०० जनाभन्दा बढी आवेदकको हात खाली हुने देखिएको छ।

बैङ्कको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x