किसान लघुवित्त लिमिटेडले चैत्र २८ गते (आज) चौथो वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा र्याकेट इभेण्टस, सुन्दरबस्ती, बुढानीलकण्ठ. न.पा.-८, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ७ प्रतिशतका दरले हुन आउने रकम रु. ३ करोड २९ लाख ९५ हजार ९३७ रुपैयाँ बराबरको बोनस शेयर र ०.३६८४२ प्रतिशतका दरले हुन आउने रकम रु. १७ लाख ३६ हजार ६२८ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पनि पारित गर्ने छ ।
सभाले सो लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य कुनै लघुवित्त वित्तीय संस्थाहरू गाभ्ने, गाभिने तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी प्रक्रिया अगाडि बढाउन र तत् सम्बन्धित सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि चैत्र २० गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा चैत्र १९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
किसान लघुवित्तले आज चौथो वार्षिक साधारण सभा गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
