आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त हुनुभएको ।आइएमई लिमिटेड र जिएमइको मर्जर पछि खिलेन्द्र पौडेल आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतबाट बिदा भई आइएमई लाइफमा प्रवेश गर्नुभएको हो ।
आइएमई लिमिटेडको स्थापनादेखि नै विभिन्न जिम्मेवारीमा रहेका खिलेन्द्र, रेमिटेन्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र अन्तर्देशीय कारोबारमा दखल राख्नुहुन्छ ।
आइएमई ग्रुपले प्रवर्द्धन गरेका वित्तीय संस्थाको उच्च व्यवस्थापन तथा स्मार्ट च्वाइस, सनि सेक्युरिटिज, आइएमई डिजिटल सोलुसन लगायतका कम्पनी सञ्चालक रूपमा समेत पौडेल कार्यरत हुनुहुन्छ ।
त्रिभुवन विश्वविद्यालयबाट एमबीए फाइनान्स गरेका पौडेलले भारतको अहमदवाद स्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र मलेसियाको इन्स्टिच्युट अफ ब्यांकर्स मलेसियाबाट कार्यकारी वित्तीय व्यवस्थापन तथा अन्तर्देशीय लगानी व्यवस्थापनका विषयमा एक्जुकेटिभ कोर्स गर्नुभएको छ । साथै खिलेन्द्रले अमेरिका स्थित हार्भड केनेडि स्कुलबाट पोलिसी डिजाइन र वित्तीय सेवा सम्बन्धी व्यावसायिक कोर्स पनि गर्नुभएको छ।
उच्च तथा व्यावसायिक शिक्षा र व्यवस्थापकीय नेतृत्वको अनुभवले आइएमई लाइफले दिएको जिम्मेवारीलाई सफलतापूर्वक पुरा गर्ने र बिमा क्षेत्रमा थप रणनीतिक व्यावसायिक साझेदारी निर्माणमा योगदान दिने नायव कार्यकारी खिलेन्द्र पौडेलले उल्लेख गरेका छन् ।
आइएमई लाइफ इन्स्याेरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
